काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।
कर्णालीका लागि हुसेन तलतले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित ५१ रन बनाए । यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे ।
पवन सर्राफले १५ तथा गुल्सन झाले १८ रन बनाए । चसिन शर्मा खाता नखोली आउट हुँदा दीपक डुम्रेले ७, कप्तान डेभिड मिलरले ५, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए । नन्दन यादव २ रनमा अविजित रहे ।
बलिङतर्फ चितवनका कमलसिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २–२ विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे ।
अब चितवन राइनोजले जितका लागि १५४ रन बनाउनुपर्नेछ ।



