जनकपुरधाम । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लाग्दा धनुषामा एक युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार साँझ नगराईन नगरपालिका ८ स्थित खिरखिरिया खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा स्थानीय २५ वर्षीय सितेश कुमार दासको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।











