काठमाडौँ । सांसद गङ्गादेवी श्रेष्ठले ग्यास पर्याप्त आयात भइरहँदा पनि किन समस्या भएको भन्दै प्रश्न उठाइन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ग्यास अभाव हुनाको कारणबारे सरकारसमक्ष प्रश्न उठाएकी हुन् ।
उनले भनिन् ‘१५ दिनका लागि आधा सिलिन्डरको विक्रीवितरण गर्छौ भनेर चार महिनासम्म लाग्यो । १५ दिनअघि हामी सँग पर्याप्त ग्यास छ भन्नुहुन्थ्यो तर अहिले किन अभाव भयो ? आपूर्तिमा समस्या भएको कारण अभाव भएको हो कि ? ‘
यो समस्या समाधानका लागि तत्काल पहल गर्न निगमलाई आग्रह गरिन् । किराना पसललाई बिक्री वितरण गर्न नदिने हल्लाले पनि समस्या देखिएको उनको भनाइ छ।











