मन्त्रिपरिषद् बैठक सुरु, के होला निर्णय ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको हो।

आजको बैठक मुख्य गरी सुनसरीमा घटेको पछिल्लो घटना र त्यसको सम्बोधनमा केन्द्रित रहने बताइएको छ। बैठकले सुनसरी घटनाका सम्बन्धमा केही महत्त्वपूर्ण र ठोस निर्णयहरू गर्ने सम्भावना छ।

स्रोतका अनुसार, उक्त घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतका लागि सरकारले विशेष निर्णय लिने तयारी छ।

यसअघि हिजो मात्रै प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुनसरीको घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको र यसबारे आवश्यक निर्णय लिने जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्