काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बिपी स्मृति दिवसका नाममा निन्दा प्रतियोगिता चलेको टिप्पणी गरेका छन्। हिजो इतर पक्षको बिपी स्मृति दिवसमा छुट्टै कार्यक्रम राखेको थियो।
तर, त्यो कार्यक्रममा बोल्दै अधिकांश नेताहरूले सभापति थापाको आलोचना गरेका थिए।
उनले आज काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘बिपी स्मृति दिवसको नाममा गगन थापा निन्दा प्रतियोगिता चलिरहेको रहेछ। मैले अत्यन्तै माया गर्ने, प्रेम गर्ने केही साथीहरू र अत्यन्तै श्रद्धा गर्ने नेताहरू हुनुभएको हुनाले मलाई के लाग्यो भने यतातिर मैले धेरै ध्यान दिएँ भने मेरो सम्मान घट्न सक्छ। त्यसैले ध्यान नदिएकै राम्रो भनेर मैले त्यतातिर धेरै ध्यान दिइनँ।’











