कांग्रेस संस्थापन इतर पक्षले घोषणा गर्‍यो राष्ट्रिय भेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ ।

बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।

उनका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो ।

‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उनले भने, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’

सम्बोधनको क्रममा नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्