सुकुमबासी नेता परियार पक्राउ

खबर बुक
  • ख-
  • ख+

११ बैशाख काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ परेका छन् । सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्षेत्रमा प्रदर्शन भएको थियो ।

सोही क्रममा सुकुमबासी मोर्चाको कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

परियार २०७९ मा ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्