कांग्रेस रौतहट–१ का सभापति साहको हृदयघातबाट निधन

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ११ चैत । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातका कारण निधन भएको छ।

साहको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको असामयिक निधनले अत्यन्त मर्माहत बनाएको र पार्टीले एक योद्धा गुमाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्