झापा ५ मा बालेन शाहको कीर्तिमानी विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्वाधिक चासो रहेको झापा ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाहले ऐतिहासिक जित दर्ता गरेका छन्।

निर्वाचन आयोगका अनुसार उनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्।

बालेनको यो मत उनका ‘हेबिवेट’ प्रतिद्वन्द्वी ओलीको भन्दा ४९ हजार ६१४ ले बढी हो।

श्रम संस्कृति पार्टीका रमीर तामाङले ९ हजार २३३ मत प्राप्त गरे। नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले एक हजार ५३६ मत ल्याए। नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का रन्जित तामाङले एक हजार ४६१ मत पाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्