काठमाडौं, २३ फागुन। राप्रपाले जुम्लाबाट पहिलो जित निकालेको छ । राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।











