जाजरकोटमा कांग्रेसका खडक बहादुर बुढा विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा सदस्यमा जाजरकोटबाट नेपाली कांग्रेसका खडक बहादुर बुढा निर्वाचित भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले हराए ।

निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार बुढाले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत पाएका छन् ।

यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का राघब कार्कीले २ हजार ४७१ म्त पाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्