यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष उदासको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १६ फागुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष हिरा उदासको निधन भएको छ । विराटनगरस्थित विराट टिचिङ्ग अस्पतालमा उनको शनिबार उपचारका क्रममा निधन भएको महासंघले जनाएको छ।

स्वर्गीय हिरा उदासले सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, समुन्नत विकास र सुधारमा अतुलनीय योगदान पुर्‍याएको महासंघले जनाएको छ ।

पूर्व अध्यक्षको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले उनको योगदानको स्मरण गर्दै सातवटै प्रदेश कार्यालयमा तीन दिनसम्म आधा झण्डा झुकाउने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्