काठमाण्डौँ– २६ बाट ५६ लाख बढीका सुनचाँदीका गहना चोरी

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौँ, १० फागुन । काठमाण्डौँ महानगरपालिका २६ सरकारी धारा नजिकै बाट ५६ लाख रुपैयाँ भन्दा बढीका सुनचाँदीका गहना चोरी भएका छन्।

सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घर भएकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसै चोरी भएको हो।

शनिबार दिउँसो ढोका फोडेर भित्र पसेका चोरले सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चोरीमा संलग्नको खोजीसँगै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्