काठमाण्डौं, २ फागुन । सुनसरीबाट सशस्त्र प्रहरी बलले इटालीमा बनेको पेस्तोलसहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ । पेस्तोल र त्यसको ३ राउन्ड गोलीसहित शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको अररिया ग्रामपंचायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवान रहेका छन् । उनलाई कोशी गाउँपालिका–३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले नियन्त्रणमा लिएको हो ।
भारतीय नम्बरप्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका पासवानका साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८० तथा र मोटरसाइकल समेत बरामद भएको छ ।











