काठमाडौं, ७ माघ । लगातार बढेको सुनको भाउले आज पुनः किर्तिमान कायम गरेको छ । सुनको आज तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ।
१० हजार ४०० रुपैयाँले बढेर सुन तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ।











