सुनको भाउ बढ्यो ,चाँदीको मूल्य हालसम्मकै उच्च

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ। असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ।

चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्