स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता, एमालेकी अर्याल १३ सय मतले पछि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंसिर । स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । कांग्रेस उपसभापति समेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् ।  यस्तै, एमाकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन् ।

अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याएका छन् ।

स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । ४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिए । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि  मतगणना सुरु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्