पर्सामा रोकिएन हैजा संक्रमण

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ७ असोज । पर्साको वीरगञ्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्य कार्यालय पर्साका अनुसार २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन् ।

पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हिजोसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा दुई सय ४० जनामा संक्रमण भेटिएको जानकारी दिनुभयो । जसमध्ये दुई सय ३६ जना हैजाका बिरामी उपचारपछि निको भइसकेका छन् भने चार जनाको उपचार भैरहेको छ ।

सोमबारसम्म एक हजार पाँच सय १२ जना बिरामी हैजा तथा झाडापखालाका लक्षण देखा परेर अस्पताल भर्ना भएका छन् । भर्ना भएकामध्ये एक हजार चार सय ७९ जना उपचारपछि घर फर्किसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्