नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार आफुलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन आयाेजि धन्बाद ज्ञापन यात्रा का क्रममा क्षेत्र भरि घुमेका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको हो ।
कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरु दलहरुले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थीरताको भूमरी परेको उहाले बताउनुभयो ।
नेता सिंहले संविधान नै काम लाग्दैन भन्नेहरु पनि संसदमा आउन लागेको र यसले नेपालको राष्ट्रिय राजनीति अस्थीर हुने देखिएकाले थप सजक हुनुपर्ने बेला आएको धारणा राख्नुभयो अहिले सबै दल जिम्मेवार बन्नु पर्ने बेला आएकाे उहाकाे भनाई रहेकाेछ फेरि पनि अस्स्थिरता चाहने शक्तिहरु सल्बलाउन थालेकाे भन्दै परिस्थिति जटिल् बन्दै जानसक्ने भन्दै चिन्ता ब्यकत गर्नु भएकाेछ ।
तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि बिकास निर्माण लगाएतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उहाको भनाई छ । कार्यक्रम नेपाली कांगेस काठमाडाै क्षेत्र नं एक ले आयाेजना गरेकाे थियाे











