अहिले पनि आन्दोलनको तयारीमा नै छौँ: लिङ्देन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरु अहिले पनि आन्दोलनको तयारीमा नै रहेको बताएका छन ।

राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताएका हुन ।

उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताए । पार्टीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै बुझ्न उनले आग्रह गरे ।

त्यस्तै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार व्याप्त भएकाले सवैमाथि छानविन गरेर दण्डित गर्नुपर्नेमा जोड दिनुभयो । नेताले नियुक्ति गरेका मान्छेहरुले नेतालाई कारवाही गर्न नसक्ने भएकाले अहिलेको समस्या व्यवस्थामा रहेको लिङ्देनले धारणा राखे ।

उनले बिचौलियाले तय गरे अनुसार कानून बन्ने र नियुक्त हुने देखिएकाले नेतामात्रै फेरेर मुलुकको अवस्थामा कुनै परिवर्तन नहुने जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्