काठमाडौं, ८ मंसिर । मकवानपुर- १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह विजयी भएका छन् ।
सिंहले मकवानपुर-१ मा खसेको ९१४८६ मतमध्ये २७ हजार ८ सय १६ ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेको सुर्य चिन्हबाट चुनाव लडेका कमल थापाले २५४२० र नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले २५४३४ मत प्राप्त गरेका छन्।












