भक्तपुरमा दुर्लभ थापाले महेश बस्नेतलाई हराए

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर
नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् ।

यहाँ ०६४ मा नेमकिपाका सुनील प्रजापति, ०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र ०७४ मा एमालेका बस्नेतले जितेका थिए ।

कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजा र ५३ मत बदर भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्