मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति बाआमा विमोचन

खबर बुक
  • ख-
  • ख+

मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति बाआमा विमोचन भएको छ ।

शुक्रबार प्रज्ञाप्रतिष्ठानको डबलीमा कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे लगाएतले संयुक्त रुपमा उक्त कृति लोकार्पण गर्नुभएको हो । उक्त कृतिलाई बुकहिल प्रकाशक गरेको हो । कृति बिमोचन गर्दै कांग्रेस महामन्त्री थापाले बाआमा भित्र आफ्नै कथा समेटिएको अनुभव भएको बताउनुभयो ।

विश्वास र यथार्थको सम्मेलनबाट नै सत्य स्थापीत हुने कुरा कृतिमा उल्लेख गरिएको उहाले बताउनुभयो । बिमोचनका क्रममा साहित्यकार नयनराज पाण्डेले इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उमेदवार बनाउँदै गरेको र यसका बारेमा कथा लेख्ने दिन आउने बताएपछि थापाले यस्तो निर्णय पार्टीले नगर्ने भन्दै विश्वस्त हुन आग्रह गर्नुभएको थियो ।

बिमोचन कार्यक्रममा लेखक जोशीले आफु शिक्षक पेशाबाट लेखक बनेको भन्दै सवैको साथ र समर्थन पाएको जिकिर गर्नुभयो ।
बाआमा’ साहित्यकार जोशीको तेस्रो कृति हो । यसअघि उहाले ‘ऐना’ र ‘सखी’ प्रकाशित गरिसक्नुभएको छ भने ‘ऐना’ले मदन पुरस्कार समेत जितेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्