३१ जेठ,काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आउँदो असार १५ मा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ।
पछिल्लो समय कांग्रेसभित्र संस्थापन शेरबहादुर देउवा पक्षले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संरक्षण दिएको आरोप संस्थापन इतर पक्षका नेताहरुले लगाउँदै आएका छन्। बैठकमा समसामयिक राजनीति, बजेटलगायत विषयमा छलफल हुने बुझिएकाे छ।












