
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षले भिजिट भिसा प्रकरणमा अध्ययन र छानविन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिएका छन ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानविन गर्नुपर्ने आफुहरुको मागमा सत्तापक्षले सकारात्मक प्रतिवद्धता जनाएको जानकारी दिएका हुन । उनले शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहिबेर बसेर स्थगीत गरिएको उनले बताए ।
प्रतिपक्षी दलहरुबीच पनि सकारात्मक कुराकानी भइरहेको उनको भनाइ छ । प्रचण्डले समिति बनाएपछि तत्काल छानविन सुरु हुने भन्दै अख्तियारसंग कुनै सरोकार नरहेको जिकिर गरे ।