अनेरास्ववियु निर्वाचनमा थपियो मतदानको समय

खबर बुक
  • ख-
  • ख+

२९ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा मतदानका लागि समय थपिएको छ ।

यसअघि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा ३ घण्टा थप भएको छ ।

प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले सूचना निकालेर साँझ ७ बजेसम्मका लागि मतदानको समय थप गरिएको जानकारी गराएका हुन् ।

कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको हो ।

हिजै साँझ उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले बिहानै मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।

४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । अनेरास्ववियुको अध्यक्ष पदमा डाक्टर सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्