शिक्षामा आमूल सुधारको आवश्यकता : प्रधानमन्त्री ओली

खबर बुक
  • ख-
  • ख+

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा काठमाडौँ विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने खालको जनशक्ति उत्पादनमा लाग्न आग्रह गर्दै यस मामिलामा काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको बताए ।

उनले स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनः विचार गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले परम्परागत रुपमा नभइ मुलुकको शिक्षा क्षेत्रलाई समयानुकुल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।

बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विश्वविद्यालयका विभिन्न स्कुलहरु अन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिष्ट स्वीकृत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्