सिंहदरबारमा प्रचण्ड–माधव भेट, संसद गतिरोध अन्त्यको उपायबारे छलफल

खबर बुक
  • ख-
  • ख+

२९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थीत माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोधका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिएका छन् । उनले बिपक्षी लगाएत अन्य दलहरुसंग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।

सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ । भेटवार्तामा माओवादी उपमहासचिव बर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगाएतका नेताहरु समेत सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्