प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ जेठ । सांसदको नाराबाजीपछि हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो तीन बजे बस्नेगरी बालाइएको हो । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

जेठ १५ गते बजेट प्रस्तुत हुनुबाहेक १३ गतेयता संसदमा निरन्तर अवरोध कायम छ। पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किँदा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।

आज संसद चले बजेटमाथिको छलफल प्रारम्भ गर्ने तथा निजामति सवा विधेयक सम्बन्धि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्