विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २७ । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए ।

भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन् । प्रतिपक्षीले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । भिजिट भिसा प्रकरणमा देखिएको बिबाद समाधानका लागि भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको जानकारी आएको भन्दै उहाले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतदेखि निरन्तर संसदको कामकारवाही प्रभावित हुदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्