अहिले देशको राजनीतिमा उतारचढाव देखिएको छ -प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताउनुभएको हो । समग्र आर्थिक बिकास र समृद्धिका साथै पिडछिएका बर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उहाले बताउनुभयो । प्रचण्डले अहिले देशको राजनीतिमा उतारचढाव देखिएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको उहाले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरि केन्द्रीय समितिमा समावेश गरिने प्रतिवद्धता जनाउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्