राष्ट्रियसभावाट पानी जहाज बिधेयक पारित हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ जेठ । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ वजेवाट सुरू हुनेछ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत बिधेयक, २०८१’का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन भने उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रतिनिधिसभावाट सन्देशसहित ‘भन्सार बिधेयक, २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  बिधायन ब्यवस्थापन समितिको प्रतिवेदन सहित पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्