अख्तियारले गरेको कामकारवाहीमा सरकारलाई दोष लगाउन मिल्दैन -सञ्चारमन्त्री गुरुङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारवाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताउनुभएको छ ।

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको समेत बताउनुभयो । सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उहाको भनाइ छ ।

त्यस्तै उहाले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताउनुभयो । यस बिषयमा बिपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उहाले बताउनुभयो ।

मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हनु नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्