संसदको गतिरोध अन्त्य गर्न विपक्षीले भूमिका खेल्न सकेन : बर्तौला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ जेठ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद अवरुद्ध हुन पुगेको बताएका हुन् ।

उनले शुक्रबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको अवस्थामा सहज रुपमा सदन चल्न बिपक्षीले सहयोग गर्ने विश्वास व्यक्त गरे । बजेटका बिषयमा सदनमा छलफल हुन नदिने कुरा गलत बिषय भएको भन्दै उनले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे ।

त्यस्तै उनले पतञ्जली जग्गा हिनामिना प्रकरणमा केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको माधव नेपालको टिप्पणीप्रति आपत्ति जनाए । उनले माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बताए ।

उनले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने धारणा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्