भोलिसम्म संसद बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ २० । प्रतिनिधिसभा बैठक मंगलबार बस्न नसक्दा बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। मंगलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित भएको थियो। बैठक पुनः बस्न नसक्दा भोलिसम्मका लागि स्थगित भएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको नाम जोडिएको भन्दै प्रतिपक्षी दलहरूले राजीनामा माग गरेसँगै छलफलमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्