इश्तियाक राईलाई हराउँदै राप्रपाका धवलशमशेर विजयी

खबर बुक
  • ख-
  • ख+

नेपालगन्ज, ७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके १ बाट निर्वाचित भएका छन् ।

जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् ।

नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् ।

गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्