काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहितका नेताहरू पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको क्रममा थापा, सिंहलगायतलाई प्रहरीले ूअमानवीय शैलीमाू पक्राउ गरेको आरोप लगाउँदै सरकारलाई तत्काल रिहाइको माग गरेका छन्।
ूसरकारको बर्बर दमनको विरोधमा हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं,ू विज्ञप्तिमा भनिएको छ, ूयसै क्रममा भोली, जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेका छौं। सुवेदीले आन्दोलनमा सहभागी कार्यकर्ताहरूलाई आ–आफ्नो टोल र चोकमा सक्रिय रूपमा सहभागी भई सहयोग गर्न पनि आग्रह गरेका छन्।
आइतबार राजधानीको नारायणचौर क्षेत्रमा प्रदर्शनका क्रममा राजावादी समूह बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच तनाव सिर्जना भएको थियो। त्यही क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहलगायतका नेता तथा कार्यकर्ता पक्राउ परेका हुन्।
संयुक्त जनआन्दोलन समितिले सरकारले प्रदर्शनकारीमाथि गरेको ूदमनकारीू कदमको निन्दा गर्दै लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारेको छ।











