राप्रपाको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दै,

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आह्वानमा अहिले पार्टी कार्यालय, धुम्बाराहीमा बस्न लागेको छ।

बैठकमा आज काठमाडौंको नारायणचौरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकडको विषयमा छलफल हुनेछ। साथै, आन्दोलनको आगामी चरणका रणनीतिहरू तय गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

आजको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित सात जना नेताकार्यकर्ता पक्राउ परेका थिए। यस घटनाले पार्टीभित्र चर्को असन्तोष सिर्जना गरेको छ। पार्टीले प्रहरीको हस्तक्षेपलाई ूशान्तिपूर्ण आन्दोलनमाथिको दमनू भन्दै कडा आपत्ति जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्