वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको हो ।

नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो । 

नक्सालवाट वालुवाटारतर्फ जान लाग्दा राजावादी समुहसँग बिबाद भए पछि थापासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाइ छाडने नछाडने अझै कुनै टुंगाे लागेकाे छैन । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्