कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ जेठ । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् ।

नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् ।

राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।

उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्