खुमलटारमा माओवादी नेताहरूको ब्रिफिङ- गृहमन्त्री राजीनामा दिन तयार थिए, रोकियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका बैठकमा गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणबारे छलफल भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकमा गृहमन्त्रीको राजीनामा आउनसक्नेबारे नेताहरूले ब्रिफिङ गरेका हुन् ।

एक पदाधिकारीले भने, ‘गृहमन्त्री राजीनामा दिन तयार भइसक्नुभएको छ । तर, बालुवाटारमा प्रधानमन्त्री ओली र शेरबहादुर देउवासहित बसेको बैठकले रोकियो । नत्र उहाँको राजीनामा बजेटअघि नै आइसक्थ्यो भन्ने कुरा छलफलको क्रममा उठ्यो ।’

बैठकले यो प्रकरणको निष्पक्ष छानबिनको लागि गृहमन्त्रीको राजीनामा आउनुपर्ने निष्कर्षसहित सदनको अवरोध कायम राख्ने निर्णय लिएको छ । त्यसबारे थप छलफल गर्नको लागि जेठ १९ गते संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक २० गते बस्दैछ ।

गृहमन्त्रीको राजीनामा, यो प्रकरणबारे प्रधानमन्त्री ओलीको जवाफ माग्दै गर्दै विपक्षी दलहरूले सदनको अवरोध कायम राख्ने निर्णय गरेका छन् । रास्वपाले गृहमन्त्री जोडिएको प्रकरणको छानबिनको लागि उच्चस्तरीय आयोगसमेतको माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्