माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका १५ नेतालाई केन्द्रीय सदस्य बनाउने

खबर बुक
  • ख-
  • ख+

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यही साता पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले अरु २० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टी उपमहासचिव जनार्दन शर्माले जानकारी दिए।

एकताबाट केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्ठलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतले स्वागत गरेका थिए ।

बैठकमा नेसपाका नेता कार्यकर्ता समायोजन बारे छलफल भएको सचिव श्रेष्ठले जानकारी दिए ।

‘आजको बैठकमा पार्टीका नेताहरूको समायोजन बारे कुरा भयो । मैले हाम्रो तर्फबाट निर्णय गर्न केही समय मागेको छु,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्