सदनको अवरोध हटाउन सभामुखले थाले छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सिंहदरबारमा जारी बैठकमा दलका मुख्य सचेतक र प्रमुख सचेतक सहभागी छन् ।

बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरलगायत विषयमा छलफल चलिरहेको छ ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध जारी राख्ने बताएका छन् । यद्यपि, हिजो बजेट पेश गर्न भने अवरोध गरेनन् ।

यो बैठकलगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्