अफताब आलमलाई उच्च अदालतबाट सफाइ

खबर बुक
  • ख-
  • ख+

वीरगञ्ज। नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चारजनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आज जिल्ला अदालत रौतहटको फैसलालाई उल्ट्याउँदै आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो।

यसअघि जिल्ला अदालत रौतहटले २०८१ साल वैशाखमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको ठहर गर्दै आलमसहितलाई जन्मकैदको सजाय सुनाएको थियो।

उक्त घटनामा कैयौं मानिस घाइते भएका थिए भने केहीको मृत्यु भएको आरोप लगाइएको थियो। आलममाथि विस्फोटको योजनाकार रहेको आरोप लागेको थियो। तर उच्च अदालतले प्रमाणको अभावमा उनीहरूलाई निर्दोष ठहर गरेको हो।

यो फैसलापछि कांग्रेस नेता आलम कानुनी रुपमा निर्दोष प्रमाणित भएका छन्। फैसलापछि आलमका समर्थकहरूबीच खुशीको वातावरण देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्