काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र गरिएको दाबी गरेका छन।
मंगलवार संसद् भवन, नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराईको सरुवासँग जोडिएको विषयलाई लिएर आफूमाथि भइरहेको आलोचना राजनीतिक प्रेरित भएको बताए।
ूतीर्थराज भट्टराई २०७७ सालदेखि गृह मन्त्रालय मातहत विभिन्न विभागमा जिम्मेवारी सम्हाल्दै आएका अनुभवी राष्ट्रसेवक हुन्। अध्यागमन विभागको प्रमुखको रूपमा उनी स्वतः नियुक्त भएका हुन्, म मन्त्री भएपछि उनी सरुवा भएका होइनन्, मन्त्री लेखकले भने।
उनले विगतका घटनालाई उदाहरण दिँदै भने,६४ हजारभन्दा बढी उजुरी अख्तियारमा दर्ता भएका छन्, जसमा कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका कर्मचारी संलग्न छन्। तर, कुनै मन्त्रीले राजीनामा दिएको इतिहास छैन।
गृहमन्त्री लेखकले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि पनि छानबिन भइरहनु सामान्य प्रक्रिया भएको भन्दै भिजिट भिसा प्रकरणलाई पनि सोही रूपमै बुझ्न आग्रह गर्नुभयो।
ूकुन मन्त्रीले कर्मचारीमाथिको छानबिनका कारण राजीनामा दिएका छन्? भन्ने प्रतिप्रश्न गर्दै उहाँले वर्तमान प्रकरणलाई राजनीतिकरण नगर्न सञ्चारकर्मी तथा राजनीतिक वृत्तलाई आग्रह गरे।











