लामो संघर्षपछि जनताले पाएको अधिकारलाई कसैले खोस्न सक्दैन्:उपप्रधानमन्त्री सिंह

खबर बुक
  • ख-
  • ख+

१४ जेठ, काठमाडौं । उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले लामो संघर्षपछि जनताले पाएको अधिकारलाई कसैले खोस्न नसक्ने बताएका छन् ।

गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले संविधानले दिएको अधिकार कसैको माया दयाले नभइ जनताको लामो संघर्षपछि प्राप्त भएको भन्दै यसलाई कसैले खोस्न नसक्ने बताएका हुन् ।

उनले जनताले पाएको अधिकारलाई अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको समेत बताए ।

लोकतन्त्रमा असन्तुष्टि पोख्न पाउने भएपनि आफ्नो जिम्मेवारी कसैले भूल्न नहुने उनको भनाइ छ । सिंहले जनअधिकारहरुलाई सुरक्षित राख्नका लागि संविधानलाई संस्थागत रुपमा अघि बढाएर जनताले आवश्यकतालाई पुरा गर्न सक्नुपर्ने धारणा राखे ।

राजनीति स्थीरताका आधारमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सवैको ध्यान जानुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले अहिको व्यवस्था उल्टाउने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए । दिगो शान्तिलाई असर पार्ने चूनौतिहरुलाई सामना गर्नका लागि परिवर्तनकारी शक्तिहरु एकैठाउमा रहेको उनले बताए ।

सिटौलाले अहिलको व्यवस्थाका बिरुद्धमा उठ्ने कुनैपनि प्रकारका आवाजहरुलाई निस्जेत पार्न जनताहरु सक्षम रहेको उल्लेख गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्