स्थगित संसद् अझै खुलेन, आन्तरिक छलफलमा सभामुख

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलबाट अवरुद्ध संसद् एक घन्टासम्म पनि सञ्चालन हुन सकेको छैन।

अन ष्लकष्मभ
मुख्य विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित संसद् अवरोध गरेपछि सहमतिका लागि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि स्थगित गरे पनि अहिलेसम्म सञ्चालन हुन नसकेको हो।

सरकार पक्षीय सांसदले भने गृहमन्त्रीमाथि लागेको आरोपबारे उनैलाई बोल्न दिनुपर्ने माग गरेका छन्।

प्रतिपक्षले संसद् चल्न नदिएपछि सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दलसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्