नेपाललाई शिक्षाको हब बनाउनुपर्छ -सभापति देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताउनुभएको छ । कांग्रेस शिक्षा विभागले सोमबार काठमाडौंमा आयोजना गरेको शिक्षा नीति विषयक कार्यक्रममा सभापति देउवाले गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताउनुभएको हो ।

नेपालमा नै राम्रो शिक्षा प्रदान गर्न सके नेपाली विद्यार्थीहरु अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने उहाले बताउनुभयो । सभापति देउवाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति निर्माण गर्न कांग्रेसले ध्यान दिने धारणा राख्नुभयो । कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले नेपालका विश्वविद्यालयहरुलाई सुधार गर्दै शिक्षा क्षेत्र गुणस्तरीय बनाउन प्रयास गर्ने बताउनुभयो ।

उहाले विदेशमा रहेका विश्वविद्यालयहरुलाई नेपाल अध्यापन गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पन्तले युवापुस्ताहरुलाई स्वदेशमा नै रोक्न सक्नेगरिको शिक्षा दिनसक्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्