रुसको बियर कम्पनिको बोटलमा माहात्मा गान्धीको फोटो

खबर बुक
  • ख-
  • ख+

मस्को, ३ फागुन । रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ । 

यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो, ‘यहाँ महात्मा गान्धीको नाममा बियर बेचिन्छ र जबकी भारतीयहरूले आफ्नो मुद्रामा छाप्छन् ।’

यो बियर उत्पादन गर्ने कम्पनीको नाम रिभोर्ट हो। सामाजिक सञ्जालमा मानिसहरुले यसको आलोचना गरिरहेका छन् । मानिसहरू भन्छन् कि यो महात्मा गान्धीको अपमान हो किनभने उनी सधै रक्सीबाट टाढा रहेका थिए । 

एक क्तिले ट्वीटरमा पीएम मोदीलाई यस विषयमा हस्तक्षेप गर्न र यस बियरको क्यानबाट महात्मा गान्धीको तस्बिर हटाउन अपील गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्