काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताउनु भएकाे छ ।
बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ काे चुनावी घरदैलाे कार्यक्रममा उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको उल्लेख गर्नु भयाे।
‘हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छौँ, तपाई प्रधानमन्त्री हुनुपर्यो भनिरहेका छन्।’ उहाँले बताउनु भयाे ।
काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार उहाँले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका उल्लेख्य काम गरेकाेले यसपटक घरदैलोका क्रममा जनताले सकारात्मक प्रतिक्रिया दिएको उहाँको दाबी छ।













